You are viewing the translated version of सूचीकृत व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष रोक्का राख्ने.

Section 64
सूचीकृत व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष रोक्का राख्ने


(१) (गृह. मन्त्रालयले सूचीकृत व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष ऐनको दफा २९ङ. बमोजिम संयुक्त राष्ट्र सङ्घको वेबसाइटमा प्रकाशन भएको वा ऐनको दफा २९च. बमोजिम सूचीकृत भएको समयले चौबिस घण्टाभित्र रोक्का भई सक्ने गरी तत्काल रोक्का आदेश जारी गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको आदेश तत्काल आफ्नो वेबसाइटमा प्रकाशन गरी विद्युतीय माध्यमबाट सोको जानकारी नियमनकारी निकाय, वित्तीय जानकारी इकाई र सूचक संस्थालाई समेत दिनु पर्नेछ।